ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नक्कली शरणार्थी प्रकरण: गगन थापा भन्छन-‘ठगि गिरोहको भिआइपी जालो’उजागर हुँदै गएको छ।‘

काठमाडौं वैशाख २१ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा घटना मात्र नभएर प्रवृत्ति भएको भन्दै अझै गहिरोसँग अनुसन्धान गर्न माग गरेका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको भन्दैं थापाले गृह प्रशासनको प्रयास प्रशंसनीय भएपनि अझै गहिरोसँग अनुसन्धान गर्न माग गरेका हुन्।

सामजिक सञ्जालमा थापाले लेखेका छन् – ‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ‘ठगि गिरोहको भिआइपी जालो’उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन। ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *