ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रायमाझीका बाबुछोरा काठमाडौं ल्याइदैं , बाबु गाडीमा छोरो विमानमा

काठमाडौं वैशाख २१ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका त्तकालिन उर्जामन्त्री टोपबहादुर रायमाझीका बाबुछोरालाई काठमाडौं ल्याइदैं छ ।

एमाले सचिव समेत रहेका  रायमाझीका छोरा सन्दीपलाई प्रहरीले काठमाडौँ ल्याइ सकिएको  भने रायमाझी बाटोमा रहेका छन् ।

बुधवार बुटवलमा पक्राउ परेका सन्दीपलाई बिहीबार हवाई जहाजमार्फत काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।उनलाई कागजी प्रक्रिया पुर्‍याएर अब म्याद थपका लागि बिहीबार अदालत पेस गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।

उता टोपबहादुर रायमाजी भने आफ्नै गाडीमा काठमाडौं आउदैं छन् । प्रहरीसमक्ष आफै उपस्थिती जनाउने जनाएपछि प्रहरीको निगरानीमा उनलाई सडकमार्गबाट काठमाडौं ल्याइदै छ ।

नक्कली शरणार्थी प्रकरणमा उजुरी दर्ता भपछि हिजोमात्र रायमाझीका बाबुछोरा सहित त्तकालीन गृहमन्त्री एवम एमाले उपाध्यक्ष राबहादुरका छोरा विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *