ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नक्कली शरणार्थी प्रकरण, लहरो तान्दा पहरोमा हलचल

काठमाडौं वैशाख २१ । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोगको सहयोगमा सन् २००६ देखि २०१६ सम्म करिब १ लाख १३ हजार ५ सय शरणार्थी अमेरिका, क्यानडा, बेलायत, न्युजिल्यान्ड, फिनल्यान्ड, अस्ट्रेलियालगायत देश गएका थिए । पुनर्बसोबास अस्वीकार गरेका ६ हजार ३ सय ६५ शरणार्थी अझै मोरङको पथरी र झापाको बेलडाँगी शिविरमा छन् । छुटेका शरणार्थीको समस्या स्थायी रूपमा समाधान गर्न भन्दैं केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २९ असार २०७६ मा कार्यदल गठन गरेको थियो । गृहका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलले काम गरिरहेकै बखत राजनीतिक संरक्षण प्राप्त गिरोहले नक्कली शरणार्थीको सूची संकलन गरे १० देखि पचास करोडसम्म असुली गरेको थियो ।

राजनीतिक संरक्षणमा भएको भनिएको उक्त घटनामा त्तकालिन गृहमन्त्री रामबहादुर थापा र उर्जामन्त्री टोपबहादुर रायमाझीको नाम मुछियो । थापाका छोरा प्रतीक थापामगर, सुरक्षा सल्लाहकार इन्द्रजित राई र छोरा निरज राई विरुद्ध उजुरी दर्ता भयो । चैत्र दोस्रो साता प्रहरीले मोरङका केशव दुलाल सहितलाई प्रकाउ गरेको थियो । उनीसंगै सानु भण्डारी र टेक गुरुङलाई पनि प्रहरीले पक्राउ गर्यो । दुलाललाई प्रहरीले प्रकाउ गरेपछि राजनीति र प्रशाशनिक गिरोह जोडिन थाल्यो । तत्कालीन गृहसचिव र गृहमन्त्रीसम्म मिलाउने भन्दैं रकम माग गर्ने त्तकालिन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार वैशाख १९ मा समातिए । यिनै राईले भुटानी शरणार्थी सम्बन्धी गोप्य दस्तावेज र विवरण समेत दुललालाई दिएका थिए ।

यतिलेमात्र कथा सकिएन त्यसपछि त्तकालिन गृहसचिव टेकनारायण पाण्डेको नाम जोडियो । बुधबार उनले जिल्ला प्रहरी परिसर काठमाडौंमा आत्मसमर्पण गरेका थिए । लगत्तै उनलाई प्रहरीले जिल्ला अदालत, काठमाडौं उपस्थित गराएको थियो । अदालतले ठगी र संगठित अपराध सम्बन्धी कसूरमा अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । लहरो त्यतिमै सिमित रहेन बुधबार नै त्तकालिन उर्जा मन्त्री एवम नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र गृहमन्त्री थापाका पुत्र विरुध प्रकाउ पुर्जी जारी गर्दा रायमाजीका छोरा सन्दिप रायमाझी प्रकाउ परेपछि कथा अझ क्लाइमेक्स तिर मोडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *