ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चिकित्सा शिक्षा आयोगले नियतबस म्याचिङ प्रणाली परिवर्तन नगरेको दावी

काठमाडौ,बैशाख २० l चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहको विद्यार्थी भर्ना कार्यविधि संसोधनमा बदनियत देखिएको भन्दै चिकित्सक विद्यार्थीहरु यतीबेला आन्दोलनरत छन्।चिकित्सा शिक्षा आयोगले हरेक वर्ष एमडी/एमएसको एकीकृत प्रवेश परीक्षा लिने गर्छ।

शैक्षिक वर्ष २०२२/०२३ को लागि गत वर्ष २०७९ पुष २ गते परीक्षा सञ्चालन गरिएको थियो।यसै परीक्षामार्फत हरेक वर्ष देशभर करिब १ हजार २ सय विशेषज्ञ चिकित्सक पढाइका लागि विद्यार्थीहरुको छनोट हुन्छ।कुन विद्यार्थीले कुन कलेजमा कुन विषय पाउने भन्ने म्याचिङ प्रक्रियामार्फत निर्धारण हुने गर्दछ।म्याचिङ प्रक्रिया करिब एकदेखि डेढ महिना अवधि लाग्ने भएकोले माघ २२ गते कक्षा सञ्चालनको लागि मिति तोकिएको थियो। तर,वैशाखको तेस्रो हप्ता लाग्दा पनि कक्षा सञ्चालन भने हुन सकेको छैन।

चिकित्सा शिक्षा स्वीकृत प्रवेश परीक्षा तथा विद्यार्थी भर्ना सम्वन्धी कार्यविधि २०७९ अनुसार विद्यार्थीहरुले अध्ययन गर्न चाहेको शिक्षण संस्था तथा विषयको प्राथमिकता निर्धारणको व्यवस्था उल्लेख छ।भने बढी अंक जसले ल्याउछ उसले विषय र संस्था रोज्नका लागि पहिलो प्राथमिकता पाउँदछन्। त्यसपछि क्रमश पछाडी नाम निस्केकाहरुले पाउने प्रावधान थियो।

तर अहिले कार्यविधि संसोधन गरि अपग्रेड सिस्टम नहुने भनिएको छ।यसले अगाडी नाम निकालेकाहरुले रोजेको विषयमा अवसर नपाउने र पछाडी निकालेकाहरुले पाउने जस्तो देखिएको विद्यार्थीहरुको आरोप छ। योग्यताक्रम मिचेर भर्ना प्रक्रिया अघि बढाएकाले आफूहरु आन्दोलनमा उत्रिनुपरेको आन्दोलनरत चिकित्सक बिद्यार्थीहरु बताउछन्।

चिकित्सा शिक्षा आयोग भने अहिले विद्यार्थीहरुले मेरिटोक्रेसी मिचियो, गलत भयो भन्ने जुन कुरा उठाइरहका छन् त्यसमा आफुहरुको खराब नियत र विद्यार्थीलाई दुख दिने नभएको बताएको छ।कुन बेला,कुन लिस्टमा मेरिटोक्रेसी मिचिएको छ ? यहाँ उठेका केही प्रश्नहरु बुझ्न जरुरी छ। आयोगको इन्टेन्सन अथवा खराब नियतले वा आफ्ना मान्छे भर्ना गर्नको लागि वा कसैको भन्सुनको हिसावले भर्ना गर्नको लागि यस्तो काम नगरेको बताएको छ।

आन्दोलनरत विद्यार्थीहरुले विद्यार्थीको भविष्यसँग खेल्न पाइँदैन,सबै प्रमाण छन् खिचेको,योग्यताक्रम मिचेको,योग्यताक्रम लागू गर्,देशको स्वास्थ्य नबिगारी देउ,चिकित्सा शिक्षाआयोगमा चोर छ,नखाउँ भने वर्षभरको शिकार, खाउँ भने छुट्ने भयो अधिकार लगायतका प्लेकार्ड बोकी विद्यार्थीहरुले बिरोध प्रदर्शन गरिरहेका छन्।

चिकित्सा शिक्षा आयोगले एमडी तथा एमएसमा विद्यार्थी भर्ना गर्दा प्राथमिकता निर्धारण तथा म्याचिङ प्रणाली सम्बन्धी कार्यविधि भर्ना लिने समयमा संसोधन गरिएकोले सोको कार्यान्यन तत्काल नगर्न आदेश दिइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *