ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

फोक्सोको समस्या बढ्दै, उपचार नेपालमा नै सम्भव

काठमाडौ,बैशाख २० l विश्वमा धेरै प्रदुषण हुने देश मध्ये नेपाल पनि एक हो।दिर्घकालिन फोक्सोको रोग नेपालमा हुने मृत्युको कारण मध्ये एक हो।अहिले काठमाडौं उपत्यकाको हावा अति प्रदूषित भएकोले मानव स्वास्थ्यका लागि यो घातक रहेको विज्ञहरुले बताउदै आएका छन्।

काठमाडौंको भयानक प्रदूषणले श्वासप्रश्वास सम्बन्धी समस्या बढिरहेको छ।भने अर्कोतिर धुमपान र सूर्तिजन्य पदार्थ सेवनका कारणले फोक्सोको समस्या बढ्दो छ।फोक्सो श्वासप्रश्वासका लागि महत्वपूर्ण अंग हो।यो श्वासनलीसँग जोडिएको हुन्छ।हामीले लिएको सास नाक, मुख,श्वासनली हुँदै फोक्सोको दुवै भागमा जान्छ।त्यसबाट फोक्सोमा संक्रमण हुन सक्छ।

कसरी हुन्छ फोक्सोमा संक्रमण ?

खासगरी श्वासप्रश्वासबाटै फोक्सोमा संक्रमण हुन्छ।सबै भन्दा धेरै भाइरस,ब्याक्टेरिया,ढुसी,क्षयरोऊको किटाणुका कारणले फोक्सोमा संक्रमण गराउछ।भने रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुमा पनि फोक्सोको संक्रमण हुने सम्भावना धेरै हुन्छ।

फोक्सो र करङको बीचमा पानी जम्ने (निमोनिया),क्षयरोग,पिप जम्ने जस्ता समस्या देखिन सक्छ।धुँवाधुलोले छातीको संक्रमण हुन्छ।लामो समयसम्म प्रदुषित वातावरणमा बसियो भने दीर्घकालीन रुपमा दम,फोक्सोको क्यान्सर समेत गराउन सक्ने भएकोले सावधानि अपनाउन चिकित्सकहरुको सुझाव छ।

फोक्सोमा समस्या आउँदा सुरुमा खोकी लाग्ने,खकारमा रगत देखिने,ज्वरो आउने,छाती दुख्ने,सास फेर्न गाह्रो हुने,छातीमा पानि जम्ने लगायत लक्षण देखिन्छ।यसको उपचार पद्धती लक्षण र कारण पत्ता लगायर त्यसमा काम गर्ने एन्टिबाइटिक औषधी प्रयोग गरेर फोक्सोको उपचार गरीन्छ।फोक्सो रोगको उपचार नेपालका अधिकांश सरकारी अस्पताल बाट सम्भव छ ।केही संक्रमणमा जटिलताहरु हुने भएकोले रेफरगर्नु पर्ने अवस्था आउने छाति रोग विशेषज्ञ डाअशेष ढुंगानाको भनाई छ।

धुवा धुलोले रोग प्रतिरोधी क्षमतालाई कमजोर बनाउने भएकाले रोग लाग्ने सम्भावना पनि बढी हुन्छ।फोक्सोको संक्मरण हुन नदिन फोक्सोलाई स्वस्थ्य राख्न जरुरी छ।त्यसका लागि सबैभन्दा महत्वपूर्ण भनेको धुमपान वा सूर्तिजन्य पदार्थ सेवन नगर्नु नगर्ने।वातावरणीय सफाई,खानपान,प्रदूषित हावाको सोझो असर फोक्सोमा पर्ने भएकाले सबै सचेत हुनु आवश्यक रहेको विज्ञहरु बताउछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *