ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

टोप बहादुर रायमाजीका बाउछोरालाई प्रकाउ पुर्जि जारी, सचिव पक्राउ

काठमाडौं वैशाख २० ।भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दैं रकम असुल गरेको भन्दैं प्रहरीले तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग सम्वन्ध रहेको भन्दैं प्रहरीले तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । आज नै प्रहरीले नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ गरेको थियो । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको छ ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको बताइन्छ । पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पुष्टी भएपछि पक्राउ गरिसकेको छ । रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको थियो  ।

उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे गृह मन्त्रालयका पूर्वसचिव हुन्। जिल्ला प्रहरी परिसर टेकुमा उपस्थित भएका उनी यतिबेला प्रहरी नियन्त्रणमा नै रहेका छन्। भूटानी शरणार्थीको प्रमाणीकरणका लागि सरकारले २०७६ वैशाखमा बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। हालसम्म सार्वजनिक नगरिएको प्रतिवेदनको अनुसूचीमा नाम थपेर अमेरिका पठाइदिने भन्दै सचिव पाण्डेसहित राईको संलग्नता भएको गिरोहले झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङलगायतका जिल्लाका मानिसहरुबाट रकम असुली गरेको आरोप लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *