ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दार्चुलाको हिमपहिरोमा बेपत्ता भएकाहरुको पहिचान खुल्यो

काठमाडौ,बैशाख २० l मंगलबार दार्चुलाको हिमपहिरोमा परि बेपत्ता भएकाहरुको पहिचान खुलेको छ।जिल्लाको व्याँस गाउँपालिका–१ भोलिन भन्ने स्थानमा हिमपहिरोमा परेर ७ जनाको सकुशल उद्दार गरिएको छ भने ५ जना अझै बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिका ४ पोक्सेका ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर, डोटीको जोरायल गाउँपालिका २ बुडरका ४५ वर्षीया नक्की दोमा थापा, सोही ठाउँका २८ वर्षीया ईश्वरी थापा र सोही ठाउँका १५ वर्षीया छिम्मी थापा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

आज बिहानै देखि सशस्त्र प्रहरीको टोलि र नेपाल प्रहरीको टोलि गएर उद्दार गर्ने प्रमुख जिल्ला अधिकारी किरन जोशिले बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *