ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

को हुन् नेपाललाई एसीसी प्रिमियर कप जिताउने मोन्टी देसाई ?(भिडियो रिपोर्ट)

काठमाडौं वैशाख २० । नेपाली क्रिकेटले कहिलै नविसर्सने नामा हो मोन्टी देसाई

हारमा पनि जित खोज्न सिकाउने प्रशिक्षक हुन मोन्टी देसाई,

हरेक खेलाडी भित्रको क्षमता चिन्ह सक्ने र मैदानमा उतार्न सक्ने प्रशिक्षको नाम हो मोन्टी देसाई,

नेपाललाई विश्वकप लिग,आइसीसीको उपाधिचुमाउदैं एशियनकपमा पुर्याउने प्रशिक्षक हुन् मोन्टी देसाई

यति वेला नेपाली क्रिकेट विश्व चर्चाको शिखरमा छन् । ठूला ठूला प्रतिशपर्धी लाई पाखा लगाउदैं एक पछि अर्को जित निकल्न नेपाली टोली सफल हुदाँ त्यस्को सम्पुर्ण श्रेय जान्छ नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईलाई । सवै भन्दा खराव अवस्थामा रहेको नेपाली टोलीको मुख्यप्रशिक्षकको जिम्मा ७९ फागुनको अन्तिम तिर देसाईले लिएका थिए । ह्याप्पि ड्रेसिङ रुम भन्दैं खालेडीलाई उर्जा थपेका देसाईको प्रशिक्षणमा नेपालले त्रिवि मैदानमा दुईवटा त्रिदेशिय क्रिकेटमा क्लिन स्विप गर्यो ।

नेपालले एक दिवसय मान्यता जोगाउदैं विश्वकप छनौटमा पुगेको छ भने नेपालले एसियन कप खेल्दैं छ । अविजित रहदैं एसिसि प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा पुगेको छ । अव नेपालले भारत र पाकिस्तान जस्ता विश्व विजेता राष्ट्रसंग खेल्ने छ । र यहाँ पुर्याउने मुख्य प्रशिक्षक मोन्टी देसाई नै हुन् ।

नेपालको मुख्य प्रशिक्षक बन्नु अघि देसाई वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक थिए ।  १२ वर्षको प्रशिक्षण करिअरमा देसाईले अफगानिस्तान, युएई र क्यानडाको प्रशिक्षक भइसकेका छन् भने आइपिएलमा राजस्थान रोयल्स र गुजरात लायन्सको प्रशिक्षण टिममा रहेका प्रशिक्षण गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *