ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२०८० मा परेका सार्वजनिक विदा राजपत्रमा प्रकाशित

काठमाडौ,चैत्र ४ । २०७९ सालको अन्तिम महिना सुरु भएसँगै नेपाल सरकारले आगामी बर्षमा दिइने सार्वजनिक विदालाई राजपत्रमा प्रकाशित गरि सार्वजनिक गरेको छ।राजपत्रमा प्रकाशित सुचि अनुसार २०८० सालमा ३५ दिन सार्वजनिक विदा परेका छन्।

जसमा बडा दशैंका लागि ६ दिन र तिहारका लागि ५ दिन लगातार पर्ने बिदा हुन्।प्रकाशित सूचना अनुसार गौरा पर्वमा सुदूरपश्चिम,गाइजात्रामा काठमाण्डौ उपत्यकाका साथै देशभरका नेवार समुदायका लागी बिदा घोषणा गरिएको छ।

यसैगरी सिरूवापानी पर्वका लागी झापा मोरङ सुनसरी सिराहा र सप्तरी जिल्लामा सार्वजनिक बिदा दिइने भएको छ।त्यसैगरी पृथ्वी जयन्ती र जनयूद्ध दिवसमा पनि सरकारले बिदा दिने भएको छ।पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते र जनयूद्ध दिवसमा फागुन १ गते सार्वजनिक बिदा हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *