ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई दुई लाख पुरस्कार दिने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय

धनगढि,चैत्र ४ । आइसिसी विश्वकप क्रिकेट लिग–२ मा उत्कृष्ट खेल खेल्दैं विश्वकप क्वालिफायरमा स्थान बनाउन महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय टिमका दुई सदस्य दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई सूदुरपश्चिम सरकारले जनही दुई लाख रुपैयाँ पुरस्कार दिने भएको छ।

बिहीबार काठमाडौंमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकामा खुसी व्यक्त गर्दै सुदूरपश्चिम प्रदेशले टोलीका महत्वपूर्ण खेलाडीद्वय ऐरी र सार्कीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।

सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने अन्य खेलाडीलाई समेत प्रोत्साहनस्वरुप नगद पुरस्कार दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकिय सचिव धीरेन्द्र शाहीले जानकारी दिए।

यस्तै प्रदेश सरकारले नेपाली टोलीका अर्का सदस्य सन्दीप जोरालाई एक लाख कमलसिंह ऐरी र अर्जुन सावदलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय भएको शाहीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *