ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

त्रिविका ४ क्याम्पसमा विद्युतिय मेसीनबाट स्ववियु निर्वाचन

काठमाडौँ,चैत्र ४ । त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पसमा भोली हुने निर्वाचनमा विभिन्न चार क्याम्पसमा विद्युतीय मेसिन प्रयोग हुने भएको छ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा पशुपति अधिकारीले दिएको जानकारी अनुसार त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस,थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानमा विद्युतीय मेसिन प्रयोग हुने भएको हो।

त्रिवि केन्द्रीय क्याम्पसमा १६, पुल्चोक इञ्जिनीयरिङमा १४,थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पसमा १२/१२ विद्युतीय मेसिन प्रयोग हुनेछन्।

रामलक्ष्मण इनोभेसनका सञ्चालक रिमालले विद्युतीय मेसिनमा मतदाताले पहिले प्रत्यक्ष मतदान गरिसकेपछि समानुपातिकका लागि मतदान हुने बताए।उनका अनुसार अध्यक्ष,सचिव,कोषाध्यक्ष र सदस्य तथा समानुपातिक गरी पाँच मतपत्र हुनेछन्।बिहान ८ देखि अपराह्न ४ बजेसम्मका लागि मतदानको समय तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *