ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि समाजवादी मोर्चा !

काठमाडौं चैत्र ४। राजनीति वृतमा यतिवेला पूर्वमाओवादी घटकको एकता र समाजवादी मोर्चा विषयको बहस चर्चामा छ।

संक्रमणकालिन न्यायको विषय सर्वोच्च अदालत पुगेपछि टुक्राटुक्रामा विभक्त भएको माओवादी पुन एक हुनु पर्ने विषयमा छलफल भएको हो।तर शसस्त्र युद्धकै विषमा माओवादीमा फरक फरक विचार धारा रहदाँ त्तकाल त्यो संभव देखिदैन।सोही समयमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चा बनाउने विषयमा पनि छलफल जारी राखेका छन्।

यस्तोमा युद्धकालिन विषय भए पूर्वमाओवादीसंगको शक्ति कायम राख्ने र संसदमा पनि आफ्नो पकट बलियो बनाउने योजना दाहालको छ।जस्का लागि दाहालले नेकपा कालमा सहयात्रा गरेका माधवकुमार नेपाल र पहिलासंगै रहेकाका जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई विश्वासमा लिएका छन्।प्रधानमन्त्रीले विश्वासको मत लीए लगत्तै मोर्चा बन्ने माओवादी नेता माधव सापकोटाको भनाई छ।

एमालेसंग सहकार्य गरेर प्रधानमन्त्री बन्नुभएर पुन कित्ता परिवर्तन गर्नु भएका प्रधानमन्त्री दाहाल समाजवादी मोर्चा मार्फत संसदको बलियो तेस्रो शक्ति बन्ने योजनामा देखिएका हुन्।समाजवादी मोर्चा हुदैं पार्टी एकिरणका माध्यमबाट शक्तिशाली तेस्रो शक्ति बन्दै पुन गुमेको शक्ति फिर्ता लिने माओवादी केन्द्र देखिन्छ।

एमालेबाट विभाजन भएर गएको समाजवादी लाई नयाँ दलका रुपमा स्थापित हुन कठिन भैरहेको र मधेशमा कम्जोर बन्दैं गएको यादवलाई शक्तिमा ल्याउने हुदाँ पनि माओवादीको योजना सफल हुने देखिन्छ। जस्का लागि यादव पनि तयार देखिन्छन।तर नेपालका सहकार्यको राजनीति कम्जोर भएका कारण भने केही शसङ्कित देखिएका छन्।

अझ रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, कुमार लिङ्देनको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, केपी पालुङ्वाको राष्ट्रिय जनमुक्ति पार्टीलाई एकताको प्रस्ताव पठाएको छ भने डा बाबुराम भट्टराईको नेपाल समाजवादी माओवादीमा विलयको क्रममा छ। पटक पटक दल एकिकरण गर्ने र पुन तोड्ने दाहालको अस्थिरताले यो मोर्चा कसरी बन्छ र कति टिक्छ त्यो भने समयले नै देखाउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *