ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशका विभिन्न क्षेत्रमा मेघ गर्जनसहित वर्षा

काठमाडौं,चैत्र ४। हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको र देशभर आँशिक देखि सामान्य बदली रही देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग/ हावा हुरी सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन / चट्याङ्ग र हावा हुरीबाट क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

कस्तो छ आगामी तीन दिनको मौसम ?

२०७९ चैत ४ गते (शनिबार)

दिउँसोː देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङ्ग/हावा हुरी सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीːदेशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा देशका तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ चैत ५ गते (आइतबार)

दिउँसोː देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ चैत ६ गते (सोमबार)

दिउँसोː देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *