ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सडकमा उद्योगी

काठमाडौं फागुन २८ । बैंक तथा वित्तिय संस्थाको लगानी गर्ने क्षमता झन्डै दुईवर्षदेखि सुस्त छ । नेपालको अर्थतन्त्रमा आर्थिक गतिविधि सुस्ताउदै जाँदा कर्जाको ब्याजदरसमेत महँगो हुँदा व्यापार-व्यवसायलाई असहज बनाएको गुनासो व्यवसायीले गर्दै आएका थिए ।

पटक पटक सरकारको ध्यानाकर्षण गराउदाँ पनि सरकार यस विषयमा उदाशिन भएको भन्दैं आइतबार देशभरका उद्योगी माइतिघरमा भेला भएर विरोध गरेका छन् ।

राष्ट्रिय अर्थतन्त्र नै शिथिल भएको अवस्थामा बैंकको चर्को ब्याजले उद्योगी व्यवसायीहरुको घाटी थिचेको उनिहरुको भनाई छ । स्वास्थ्य तथा सौन्दर्य उत्पादक संघ नेपाल वरिष्ठ उपाध्यक्ष विजयकुमार अधिकारी नेपालमै केही गरी खाउ भनेर उद्योग सुरु गरेपनि मर्नु न बाच्नु भएको बताउछन् ।

त्यसो त नेपाल बैंकर्स संघको पछिल्लो मुद्दतिको ब्याजदर यथावत राखेर बचतको ब्याजदर घटाउने निर्णय गरेको छ । जुन निर्णय अनुसार चैत्र १ गतेबाट वाणिज्य बैंकहरूले साधारण बचतको ब्याजदर घटाउने छन् । तर व्यवसायी भने यसबाट सन्तुष्ट देखिदैन्न् । बैङ्कले दोब्बर ब्याजदर वृद्धि गर्ने तर एक प्रतिशत मात्र घटाउनदाँ उद्योग धन्दा बन्न गर्नु पर्ने अवस्था सृर्जना भएको र राज्यको अर्थन्त्रमा समेत असर पर्न सक्ने उनीहरुको भनाई छ ।

पोखरा उद्योग वाणिज्य महासंघकी उपमहासचिव सोभा गौतम तीन तहको सरकारमा स्थानीय र प्रदेशसंग पटक पटक याचना गरेपनि सरकारले वेवास्ता गरेका कारण केन्द्र सरकारको ध्यानाकर्षण गर्न पोखराबाट काठमाडौं आउन परेको बताउछिन् ।

लामो समयदेखि उद्योगी व्यवसायीहरुले उठाउँदै आएका माग सम्बोधन गर्न सरकार उदासिन देखिएकाले सडक आन्दोलनमार्फत आफ्ना मागहरु राख्न बाध्य भएको उनीहरुको भनाई छ ।

उद्योगी व्यवसायीहरुको लागि सरकार,राजनीतिक दल वा दलका नेताहरु कोही पनि जिम्मेवार नभएकाले अव सडकबाटै समस्या समाधान गर्ने उनीहरुको भनाई छ । सरकारले शान्तिपूर्ण आन्दोलनलाई वेवास्ता गरे संसद भवन,सिंहदरबार घेर्ने चेतावनी दिएका छन् ।

संयुक्त आन्दोलनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ,ढुवानी व्यवसायी महासंघ,ग्रिल तथा स्टिल व्यवसायी महासंघ,कपडा तथा सिलाई व्यवसायी महासंघ,होटल व्यवसायी महासंघ र मोबाइल व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रिय महासंघ लगायतको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *