ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

डिजिटल हेल्थ सिस्टम नेपालमा शुरु गर्न चुनौति

काठमाडौ,माघ १८ l विश्वभर अभ्यासमा रहेको डिजिटल हेल्थ सिस्टम नेपालमा शुरु गर्न चुनौति रहेको विज्ञहरुले बताएका छन।विरामीको सम्पूर्ण विवरण एपमा उल्लेख गरिने यो प्रणाली शुरु भएको खण्डमा बर्षौदेखिका फाइल बोकेर चिकित्सककोमा पुग्नुपर्ने वाध्यताको अन्त्य हुन्छ।तर नेपालमा प्रविधिको पहुच र जनचेतनाको अभावले चुनौती रहेको जानकारहरु बताउछन।

नेपालमा स्वास्थ्य सेवामा आम जनताको पहुँच चुनौतिको विषय बनिरहेको छ।अत्याधुनिक प्रविधिको विकाससँगै अधिकांश मुलुकमा डिजिटल हेल्थ सिस्टम सुरु भैसक्दा नेपालमा भने यो प्रणाली लागु गर्न पनि चुनौती रहेको विज्ञहरु बताउछन।

विरामीको सम्पूर्ण विवरणसहित एपमार्फत उपचारमा सहजिकरण गर्ने यस प्रणाली प्रयोग गर्न प्रविधिको पँहुच तथा जनचेतनाको अभावका कारण समस्या रहेको जानकारहरुको भनाइ छ।स्वास्थ्य सेवालाई भरपर्दो एवं ब्यवस्थित बनाउन तथा विरामीको मेडिकल हिस्ट्रीको डेटाबेस बनाएर सेवालाई छिटो,छरितो र पेपरलेस बनाउन यो प्रणाली महत्वपूर्ण मानिएको छ।

यसलाई ब्यवस्थित रुपमा अभ्यासमा ल्याउन सके मुलुकको स्वास्थ्य सेवामा परिवर्तन ल्याउन सकिने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा प्रदिप ज्ञवलिको भनाइ छ।स्वास्थ्य क्षेत्रलाई रुपान्तरण गर्न अत्यावश्यक रहेकोले जुनसुकै चुनौति भएपनि डिजिटलाइज्ड गर्नुपर्नेमा चिकित्सकहरुको जोड छ।

नेपालमा सफ्टवेयरको सुरक्षा जोखिम बढिरहेको बेला प्राविधिक जनशक्तीको समेत अभाव भएकोले चुनौति रहेको स्वास्थ्य मन्त्रालयका उपसचीव एकदेव खनाल बताउनुहुन्छ।

विज्ञहरुले नागरीकको गोपनीताका साथै मेडिकल हिस्ट्री समेत एपमा सुरक्षित हुने भएकोले डिजिटल हेल्थ सिस्टम अत्यावस्यक रहेको वताइरहदा प्राविधिक तथा जनशक्तिको अभाव मुख्य चुनौतीको रुपमा देखिएको छl

Leave a Reply

Your email address will not be published. Required fields are marked *