प्रधानमन्त्री र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौ,माघ ९ l प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा समसामयिक विषयवस्तुमा कुराकानी भएको बताइएको छ।
नेकपा एमालेबाट गठबन्धनका साझा उम्मेदवार रहेका घिमिरे माओवादी केन्द्र लगायत दलको समर्थनमा बिहीबार सभामुख पदमा निर्वाचित भएका थिए।