ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

‘साउथ एसियन रिजिनल च्याम्पियनसिप २०२२’ मंसिर २२ देखि २५ सम्म

काठमाडौं,मंसिर १३। ‘साउथ एसियन रिजिनल च्याम्पियनसिप २०२२’ मंसिर २२ देखि २५ सम्म लैनचोरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने भएको छ।नेपाली टेबल टेनिस इतिहासमा यो नै नेपालमा हुन लागेको अहिलेसम्मको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता रहेको छ।

इन्टरनेसनल टेबल टेनिस फेडेरसन (आईटीटीएफ) अन्तर्गत एसियन टेबल टेनिस फेडेरसन (एटीटीयू) ले यस छनोट प्रतियोगिता आयोजनाका लागि नेपाललाई अवसर दिएको हो।छ देशका ६० खेलाडीको सहभागिता प्रतियोगितामा दक्षिण एसियाका छ देशको सहभागिता रहने छ।

सहभागी हुने देशमा नेपालसँगै भारत, पाकिस्तान,बंगलादेश,श्रीलंका र माल्दिभ्स रहेका छन्।प्रत्येक देशबाट प्रतियोगितामा पाँच पुरुष र पाँच महिला गरेर कुल १० खेलाडीको सहभागिता रहनेछ।पुरुष एकल र महिला एकलमा लिग–कम–नकआउटकका आधारमा हुने प्रतियोगिताबाट १६–१६ खेलाडी छनोट हुनेछन्।

नेपालका तर्फबाट सहभागी हुने खेलाडीमा पुरुषतर्फ रुबिन महर्जन,प्रदीप रोक्का, संयोग कपाली,विनेश खनिया र शिवसुन्दर गोथे रहेका छन्।यस्तै महिलातर्फ नविता श्रेष्ठ, एलिना महर्जन,रविना महर्जन,शिखा सुवाल र इभाना थापामगर रहेका छन् l

Leave a Reply

Your email address will not be published. Required fields are marked *