ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

के भन्छ काठमाडौंको मतपरिणामले ?

काठमाडौं,मंसिर ७ । आम निर्वाचन तर्फ काठमाडौं जिल्लाका प्रतिनिधिसभा तर्फ १० वटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनीक भएको छ । जहाँ कांग्रेसले ५स्थानमा विजयी हुदा स्वतन्त्र पार्टी ४ र एमालेले १ स्थानमा विजयी हासील गरेको छ।स्मरण रहोस अघिल्लो निर्वाचनमा एमालेले ६ र कांग्रेसले ४ वटा स्थान जित हासिल गरेको छ।

काठमाडौं १ मा अघिल्लो निर्वाचनकै दुई प्रतिशपर्धीहरु प्रकाशमान सिंह र रविन्द्र मिश्रविच प्रतिशपर्धा भएको थियो।जहाँ सिंहले बाजी मार्दा अघिल्लो निर्वाचनको भन्दा मत अन्तर भने कम देखिएको छ। जहा एमालेका किरण पौडेल,स्वतन्त्र पार्टीका पुकार बम र सुसान पार्टीका अध्यक्ष रमेश खरेल प्रतिपर्धी हुनुहुन्थ्यो।

काठमाडौं २ मा पूर्व उपसभामुख एवम माओवादी केन्द्रकी ओनसरी घर्तीमगर एमालेका मणिराम फुयाललाई पराजित गर्दैं स्वतन्त्र पार्टीका सोविता गौतम विजयी भएकी छन् । प्रभावसाली दलका प्रभावसाली नेताहरुलाई पराजित गर्ने गौतम सवै भन्दा कान्छी संसद बन्ने भएकी छन्।
काठमाडौं ३ मा एमालेको सिट कांग्रेसले खोसेको छ।जहाँ निवर्तमान एमाले सांसद कृष्ण बहादुर राईलाई कांग्रेसका सन्तोष चालीसेले पराजित गरेका छन्।यो पटकको निर्वाचनमा यहि सिट एमालेबाट खोस्दा कांग्रेसले काठमाडौंमा पहिलो दल बनेको छ।

उता काठमाडौं ४ मा कांग्रेस महामन्त्री गगन थापाले जितको ह्यात्रिक गरेका छन्।एमालेका राजनभट्टराईलाई पराजित गरेका थापाले आफु अव संसदिय दलको नेताको तयारीमा जुटेको जनाएका छन्।

काठमाडौं पाँचमा एमालेका वरिष्ठ उपाध्यक्षलाई पराजीत गरेपछि एमालेले सवै भन्दाँ ठूलो हार वेहोरेको छ।जहाँ कांग्रेसका युवा नेता प्रदिप पौडेलले वरिष्ठ उपाध्यक्ष ईस्वर पोखरेललाई पराजित गरे।यस अघि काठमाडौं ५ मा पोखरेलले कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतलाई पराजीत गरेका थिए। पौडेलको विजयसंगै कांग्रेसले काठमाडौं ५ बाट एमालेले आफ्नो विरासत फिर्ता गर्न सफल भएको छ।

काठमाडौं ६ मा पूर्व रक्षामन्त्री इस्वर पोखरेल र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई पछि पार्दे स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले बाजी मारेका छन्।यहाँ अघिल्लो निर्वाचनमा कांग्रेस नेता भिमसेनदास प्रदान विजयी भएका थिए ।

त्यस्तै काठमाडौं ७ मा पनि स्वतन्त्र उम्मेदवार गणेश पराजुली विजयी भएका छन्।अघिल्लो निर्वाचनमा एमालेबाट सांसद बनेका रामविर मानन्धरलाई कारवाही गरेपछि उनले स्वतनत्र उम्मेदवारी दर्ता गराएका थिए।उता सत्ता गठवन्धनले अन्तिम समयमा माओवादीसंग समिकरण मिलाएका डा बाबुराम भट्टराई पुत्री मानुसी यमिलाई सत्ता गठवन्धनको साथ थियो।

काठमाडौं ८ मा बहालबाला पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई स्वतन्त्र पार्टीका उम्मेदवार विराभक्त श्रेष्ठले पराजीत गरेका छन्।सत्ता गठवन्धन बाहेक पनि नेकपा एकिकृत समाजवादी कै धेरै मत भएपनि श्रेष्ठ पराजीत हुनु भएको हो। काठमाडौं ७ र ८ को चुनावी परिणामले भने गठवन्धनमा कांग्रेसको मत माओवादी र समाजवादीमा नसरेको संकेत गरेको छ।

अघिल्लो निर्वाचनमा १० मध्ये ६ सिट जितेको एमालेले यो पटक बल्ल तल्ल काठमाडौं ९ मा मात्र विजयी भएको छ । जहाँ पूर्वमन्त्री कृष्ण गोपाल श्रेष्ट बिजयी हुनु भएको हो । श्रेष्ठसंग उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई पराजित गरेका हुन ।

उता काठमाडौं १० मा कांग्रेसका राजेन्द्र केसीले पुन विजय हासील गरेका छन्।काठमाडौंका १० वटा निर्वाचन क्षेत्रको मत परिणाम हेर्दा मतदाताले युवा उम्मेदवार खोजेको देखिन्छ।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र कांग्रसभित्र पनि नयाँ अनुहार मतदाताको पहिलो रोजाईमा देखिन्छ।अझ कतिपपयले भने धेरै नयाँ दलका उम्मेदवारीका कारण ठूला दलहरुलाई केही नाफा भएको विश्लेषण पनि देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *