ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कहाँ कहाँ अग्रता छ राष्ट्रिय स्वतन्त्र पार्टीको

काठमाडौ,मंसिर ७ l राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटक धेरै स्थानमा आफ्नो अग्रता कायम गर्नुका साथै विभिन्न स्थानमा विजयि हासिल गरेर आश्चर्य पारेको छ।

रवि लामिछानेको नेतृत्वमा भर्खरै गठन भई निर्वाचनको मैदानमा उत्रेको उक्त पार्टीले देशभरबाट आश्चर्य मत ल्याइरहेको छ।स्वतन्त्र पार्टीले हालसम्म १० वटा क्षेत्रमा अग्रता लिएको छ।स्वतन्त्र पार्टीले पार्टीले मुख्य दलका उम्मेदवारलाई तनाव दिइरहेको छ।

स्वतन्त्र पार्टीले सहरी क्षेत्रमा आफ्नो उल्लेख्य उपस्थित देखाउने भएको छ। प्रतिनिधि सभामा मात्र भाग लिएको उक्त पार्टीले प्रत्यक्ष र समानुपातिक दुवैतिर राम्रो मत ल्याउने अनुमान गरिएको छ।

स्वतन्त्र पार्टीले हालसम्म दुई सिटमा जित हासिल गरे पनि विराजभक्त श्रेष्ठ, तोसिमा कार्की,शिशिर खनाल लगायतले अग्रता लिइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *