ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शेरबहादुर देउवाले आफ्नो अग्रता बढाउँदै

काठ्माण्डौ मङ्सिर ६ । शेरबहादुर देउवाले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवाले १९ हजार ५९६ मत गणना भइसक्दा देउवाले  ९ हजार ७७३ मत पाएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजार १९३ मत पाएका छन् ।

देउवाले सुरूवाती चरणदेखि नै आफ्नो अग्रता कायम राखेका थिए । गणना बढाउँदै गर्दा उनले आफ्नो अग्रतालाई समेत बढाउँदै लगेका छन् । ढकालको मत कम देखिएपछि सामाजिक सञ्जालमा डडेल्धुराबासीलाई अनावश्यक लेख्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *