ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

तेह्रथुममा पुन:मतदान हुने

तेह्रथुम मंसिर ५ । तेह्रथुमको छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । आइतबार भएको मतदानमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ मतपत्र साँटिएपछि पुनः मतदान हुने भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय संगको सर्वलीय, सर्वपक्षीय बैठकको सहमतिपछि प्रत्यक्षतर्फको मतदान रद्द गरी मंगलबार पुनः मतदान गराउने निर्णय भएकोे छ ।

मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभा प्रत्यक्षतर्फको मतपत्र दिएको र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिएको बताइएको छ ।

मतदान केन्द्रको मुचुल्काका आधारमा ४३ जनाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दोहोरो मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बढी संख्यामा भएको मतपत्र संख्या यकिन गरी गणना गर्न नसकिने निष्कर्ष निकाल्दै पुनःमतदान गर्न आयोगमा माग गरेको मुख्य निर्वाचन अधिकृत प्रेमश पोखरेलले बताउनु भयो । ८४४ मतदाता रहेको उक्त केन्द्रमा आइतबार ४५६ जनाले मतदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *