ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

साताको पहिलो दिन शेयर बजारमा हरियाली

काठमाडौ,कार्तिक २० l साताको पहिलो दिन आज शेयर बजारमा हरियाली छाएको छ।गत साता घटेर बन्द भएको शेयर बजारमा आज फेरी बढेको छ।आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४३ दशमलव दुइ शुन्य अकंले बढेर १९६५ दशमलव तीन छ बिन्दुमा बन्द भएको छ।

बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६ दशमलव नौ चार अकंले घटेर १९२२ दशमलव एक छ बिन्दुमा बन्द भएको थियो।आइतबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २ सय २८ कम्पनीको ३९ लाख १३ हजार ५ सय ७३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५ सय ६१ रुपैयाँको कारोबार भएको हो।

अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २ सय २० कम्पनीको २७ लाख ६७ हजार ५ सय ३९ कित्ता शेयर किनबेच हुदाँ ८९ करोड ८९ लाख ७ हजार ८ सय २९ रुपैयाँको कारोबार भएको थियो ।आज नेप्से आकाशिएसँगै नेष्डो समृद्ध लघुवित्तको शेयर सर्वाधिक खरिद बिक्री भएको छ।

कम्पपनीको आज १० अर्ब १४ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ।भने एभरेष्ट बैंकको ७ करोड ९ लाख १ हजार रुपैयाँ,हिमाल दोलाखा हाइड्रोपावरको ६ करोड ७५ लाख ४८ हजार र जाल्पा सामुदायिक लघुवित्तको ५ करोड ६६ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *