आज सुनको मुल्य तोलामा १ हजारले घट्यो

काठमाडौ,कार्तिक १३ l आइतबार सुन चाँदीको मूल्य घटेको छ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्यमा तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ।
आज छापावल सुनको मूल्य ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ६ सय र चाँदीको मूल्य तोलामा १२ सय रुपैयाँ तोकिएको छ।
तिहार अघिको अन्तिम कारोबार दिन छापावाल सुनको मूल्य ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सय रहेको थियो।