ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाभाइरस विरूद्धको बुस्टर डोजको १० करोड डोज खोप नष्ट

काठमाडौं कार्तिक ८ । कोरोनाभाइरस विरूद्धको बुस्टर डोजको माग नभएपछि भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले १० करोड डोज खोप नष्ट गरिएको छ ।

संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाका सिइओ आधार पुनावालाले बजारमा माग नभएपछि आफ्नो कम्पनीले उत्पादन गरेको झन्डै १० करोड डोज खोप नष्ट गरिएको बताएका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार पुनेमा जारी विकासशील देशका खोप उत्पादकको सञ्जालको वार्षिक सम्मेलनमा पत्रकारसँग कुरा गर्दै पुनावालाले गत डिसेम्बरदेखि आफ्नो कम्पनीले कोभिसिल्ड नामको खोप उत्पादन बन्द गरेको जानकारी दिएका छन् । बजारमा माग नभएर डेट एक्स्पायर हुन लागेपछि खोप नष्ट गरिएको हो।

पश्चिमी मुलुकमा जाडोयाममा मानिसहरूले फ्लुको खोप लगाउँदा सँगै कोरोनाको खोप पनि लगाउन सक्ने भए पनि भारतमा फ्लुविरूद्धको खोप लगाउने चलन नभएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *