ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा पनि नोबोल कोरोना भाइरसको सब भेरियन्ट एक्सबीबी पुष्टि

काठमाडौ,कार्तिक ६ l नोबेल कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी नेपालमा पनि पुष्टि भएको छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङमा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आइतबार एक सुचना जारी गर्दै नयाँ भेरियन्ट पुष्टि भएको बताएका छन्।उनले गत २१ साउन देखि १४ असोजसम्म कोभिड –१९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको छनौट गरी केही नमूनाहरुको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेयिन्ट एक्सबीबी पहिचान भएको जानकारी दिएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म उक्त भेरियन्ट विश्वका २६ देशमा पुगिसकेको छ।सार्स कोभ –२ भाइरसको ओमिक्रोन भेरियन्टको मूलबाट आएको उच्च दरमा म्युटेड भएको भेरियन्ट गतवर्षको सुरुवातमा उच्च दरमा फैलिएको थियो । एक्सबीबी भने विभिन्न कारणले अहिलेसम्मकै सबैभन्दा खराब भाइरस मानिएको छ ।यो अन्य भेरियन्ट र सब भेरियन्ट भन्दा निकै नै संक्रामक रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *