ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भिम रावलले टिकट नपाएपछी अछाममा एमालेका १२२ जनाको सामुहिक राजिनामा

काठमाडौ,असोज २२ l एमालले सुदुरपश्चिम प्रदेश अछामबाट एकल सिफारिसमा परेका भिम रावललाई भने सिफारिस गरेको छैन।

भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछामका नेताहरुले सामूहिक राजीनामा दिएका छन्।अछाम क्षेत्र नं १ बाट रावलको एकल नाम सिफारिस हुँदासमेत टिकट नदिएको र पार्टीको केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता गरेको,भन्दै १२२ जनाले राजिनामा दिएका छन्।

अहिलेसम्म ४१ जना जिल्ला कमिटी सदस्य र ८१ जना नगरकमिटीका पदाधिकारी सदस्यहरुले पदबाट राजिनामा दिएका छन्।यो संख्या निरन्तर बढन सक्ने बताईएको छ।भीम रावलको क्षेत्रबाट झपट बोहोरा एमालेको उम्मेदवारमा सिफारिस गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *