ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ,असोज ११ l थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गराइएका ३८२९ नमूनामध्ये ५४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७२९ र एन्टिजेनबाट २१०० नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४२ र एन्टिजेनबाट १२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार ७६ जना कोरोनामुक्त भएका छन्।हाल कोरोना सक्रिय संक्रमितको संख्या ११४४ रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *