दशैं नजिकिए सँगै कोरोनाको जोखिम बढ्दो

काठमाडौ,असोज ११ l विश्व लगायत नेपालमा अझैं कोभिडको जोखिम कायमै छ।नेपालमा कोभिडविरुद्धको खोप अभियान तीव्र चलिरहेको र ५ बर्षभन्दा माथिका अधिकांशमा खोप लगाइए पनि तीब्र संक्रामक कोभिड सजिलै फैलिनसक्ने चिन्ता कायम छ।
दैनिक संक्रमण पुष्टि हुने संख्यामा कमी आएपनि पुन: संक्रमण बढ्न सक्ने जोखिम रहेले विज्ञहरुले सतर्कता अपनाउन सुझाएका छन्।दशैंमा बजारमा किनमेलदेखि आफन्त भेटघाट र जमघट गर्दा कोभिड संक्रमणको जोखिम बढ्ने भएकाले यसक्रममा सबैले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने र जेष्ठ नागरिक,बालबालिका तथा दीर्घरोगीले विशेष सावधानी अपनाउनुपर्ने सुझाव विज्ञहरूको छ ।
कोरोना संक्रमणदर घट्दैमा जोखिम कम नभएपनि हेलचेक्र्याईँ नगर्न चिकित्सकहरुको सुझाव छ।यसकारण दशैँ,तिहार,छठलगायत चाडपर्व मनाउनेक्रममा उच्च सतर्कता अपनाउनु आवश्यक छ।
पछिल्लो समय खोप लगाइसकेका र लक्षण नभएका मानिसमा पनि कोरोना संक्रमण पाइएको छ।जसका कारण जोकोही संक्रमित हुनसक्ने र संक्रमण फैलिनसक्ने जोखिम छ।यसकारण पनि बजार,यातायात र जमघटमा व्यक्तिगत सावधानी अपनाएमा कोभिड संक्रमणको जोखिमबाट बच्न सहयोग पुग्नेछ।