ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भदौ २१ पछि मात्र दसैंका लागि नयाँ नोट साट्न पाइने

काठमाडौ,भदौ ११ l दसैंका लागि नयाँ नोट भदौ तेस्रो सातापछि मात्र साट्न पाइने भएको छ।नेपाल राष्ट्र बैंकले भदौ २१ पछि मात्र नयाँ नोट साट्ने सुविधा मिलाउने जनाएको छ।गत वर्ष राष्ट्र बैंकले असोज ४ गतेदेखि दसैंकाे लागि नयाँ नोट सहटी सुविधा उपलब्ध गराएकाे थियो।

गत वर्ष असोज अन्तिमा परेको दसैं यस वर्ष चाडैं परेकाले भदौमा नयाँ नोट सटही गर्न पाइने सुविधा मिलाइने राष्ट्र बैंकले जनाएको छ।यो वर्ष दसैंको लागि सहज रुपमा नयाँ नोट सटहीको व्यवस्था मिलाइने मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए।

आन्तरिक छलफल पश्चात नयाँ नोट वितरण मिति तय हुने नेपालको भनाई छ।गत वर्ष राष्ट्र बैंकले प्रतिव्यक्ति साढे १८ हजारको दरले कुल ३५ अर्ब रुपैयाँ नयाँ नोट वितरण गर्ने योजना बनाएको थियो।

गत वर्षको तुलनामा यस वर्ष नयाँ नोट सटही गर्नेको संख्या घट्न सक्ने उनको भनाइ छ।गत वर्ष काठमाडौं उपत्यकाभित्र इजाजत प्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *