ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चालु खाता घाटा ६ खर्ब नाघ्यो,शोधनान्तर घाटा साढे २ खर्ब माथी

featured

काठमाडौ,साउन ३१ l गत आर्थिक वर्षको नेपालको चालु खाता घाटा ६ खर्ब नाघेको छ।नेपाल राष्ट्रिय बैंकले आर्थिक वर्ष २०७९/७९ को वार्षिक तथ्यांकको आधारमा नेपालको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै चालु खाता घाटा ६ खर्ब २३ अर्ब ३३ करोड पुगेको जनाएको छ।आर्थिक वर्ष २०७७/७८ मा ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको रहेको चालु खाता घाटा एक वर्षमै थप २ खर्ब ९० अर्बले बढेको छ।

नेपाली मुद्रा कमजोर बन्दै जाँदा पनि अमेरिकी डलरमा समेत चालु खाता घाटा ५ अर्ब १७ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ।जबकी २०७७/७८ मा २ अर्ब ८४ करोड डलरले घाटामा थियो।चालु खाता घाटा मात्रै नभएर शोधनान्तर घाटा पनि चुलिंदो छ।गत आर्थिक वर्षमा शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ। अमेरिकी डलरमा आव २०७७/७८ मा ३१ लाखले घाटामा रहेको शोधनान्तर स्थिति गत आवमा २ अर्ब १४ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ।

गत आर्थिक वर्षको प्रत्यक्ष वैदेशिक लगानी पनि घटेको राष्ट्र बैंकले उल्लेख गरेको छ।आव २०७७/७८ मा १९ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी आएकोमा गत आवमा ४ दशमलव ९ प्रतिशतले घटेर १८ अर्ब ५६ करोडमा झरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *