ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ट्रक पल्टिँदा गुल्मीमा चालकको मृत्यु

गुल्मी,साउन २२ l गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु १ ख १८६६ नम्बरको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको मृत्यु भएको छ।

आज बिहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले बताए।ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *