कान्तीबाल अस्पतालको डेण्टल विभागमा वृहत सेवा विस्तार

काठमाडौं असार ३१ ।कान्ती बाल अस्पतालमा विगत लामो समय देखी सण्चालन हुँदै आएको दन्त्य चिकित्सा विभागले वालवालिका तथा किशोरकिशोरिमा हुने मुख तथा दातको समस्याको लागी केन्द्रिय प्रेषण विभागको रुपमा काम गरिरहेको छ ।
यो विभागमा आजका मितिबाट सेवाहरु वृहत रुपमा विस्तारित भएको हो । जसमा अत्याधुनिक इलेक्टिकल डेण्टल चेयर , अत्याधुनिक प्रवृतिको आरभिजी एक्सरे सेवा पनि विस्तार गरीएको छ ।
आज विहान सम्मन्न उद्धाटन कार्यक्रममा कान्तीवाल अस्पतालका निर्देशक डा युवनिधी वस्यौलाले हाल कान्तीवाल अस्पातलमा डेण्टल विधाका विभिन्न विशेषज्ञहरु पनि रहेको हुनाले सम्पुर्ण विशेषज्ञ सेवा विस्तार गर्न क्रमिक प्रयास गर्ने बताए ।
सेवा विस्तार र विशिष्टकृत अस्पतालको रुपमै सेवाहरु विकास गर्न सम्पुर्ण कार्यरत डाक्टर तथा कर्मचारिहरुप्रती आभार पनि वक्त गर्दै डेण्टल विभागको विकासको लागी उत्कृस्ट नेतृत्व गरेकोमा विभागिय प्रमुख डा सोनी सुबेदिलाई विशेष धन्यवाद दिए ।
हाल कान्तीवाल अस्पतालमा वरिस्ठ कन्सल्टेण्ट डेन्टल सर्जन ( प्रोस्थोडोन्टिस्ट ) डा सोनी सुबेदी सहित पेरियोडोन्टिस्ट , अर्थोडोन्टिस्ट , पेडियाटृक डेण्टिस्ट्, इण्डोडोन्टिस्ट बिषयका विशेषज्ञ चिकित्सक र डेन्टल सर्जनहरु कार्यरत छन।