ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महिनावारी हुदा किन नहुने रहेछ मन्दिर जान

काठमाडौ,असार १६ l महिनावारी हुदा हिन्दु समाजमा मन्दिर प्रवेश नगर्नु र पर बस्नु भनिन्छ।यो महिनावारीमा दिएको छुट्टी हो।तिम्रो शरीर बाट रगत बग्दा तिमि कमजोर हुन्छौ भनेर आराम गर भन्नका निमित्त छुई भन्ने शब्द राखिएको हो।

प्राचीन संस्कारको संस्कृती पछाडीको ज्ञान हेर्ने गरौ।महिनावारीमा तिमी कतहि अपवित्र हुदैनौ।मन्दिर भन्दा पनि पवित्र हुन्छौ।मन्दिर भन्दा सं-वेदनशिल हुन्छौ।महिनावारी हुदा मन्दिर नजानु भनेको पुरातन समाजमा मन्दिर टाढा हुन्थे फेरि मन्दिर जानू भनेको हो।

मन्दिर निराहार शुद्ध भएर जाने गरिन्थ्यो।महिनावारीमा मन्दिर निराहार निर्जल जादा घण्टौ साधना गर्दा तिम्रो स्वास्थ्यमा असर पर्छ तिमी झन कमजोर हुन्छौ भनेर मन्दिर नजाउ भनिएको हो।कालान्तरमा यो निषेधको रुपमा बुझियो।

हिन्दु समाजमा नारी देवि हुन।यदि नारीले हिन्दु धर्म संस्कार संस्कृती जोगाउन नसके एउटा युग गुमाउनेछ्न तिमी महिनावारीमा अछुत वा अयोग्य हुदैनौ।मन्दिर बनाउने मान्छे जन्माउने पनि नारी नै हो।

तर पहिलाको समय र अहिले को समय उस्तै छैन तसर्थ तिमी जुनसुकै बेला मन्दिर जान सक्छौ।तिमिलाई इच्छा लागेमा बेफिकर मन्दिर जाउ कसमसे तिमिलाई पाप लाग्ने छैन।किनकि मन्दिरमा पुजिने देविको पनि महिनावारी हुन्छ तिमी अपवित्र हौ भने उनी पनि अपवित्र हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *