ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारले कानुन नबनाउदाँ दर्ता भएका विद्युतीय गाडीको एसेम्बल गर्ने उद्योग बन्द

काठमाडौं असार १४ । सरकारले स्वदेशी उत्पादनलाई प्रवर्धन गर्ने भने पनि सोही अनुरुपको कानुन निर्माण नगर्दां नेपाली उद्योगीहरु विदेश पलायन हुने अवस्था आएको छ । अझ विदेशमा निर्माण हुने सामग्री नेपालमा ल्याए एसेम्बल गर्ने उद्योग सञ्चालन गर्न कति असहज छ भन्ने हेर्ने विद्युतीय सवारी साधनको अवस्थालाई हेरे पुग्छ ।

विद्युतीय सवारी साधनमा प्राथमिकता दिने भन्दैं सरकारले यस्ता सवारी साधनको खरिदमा भारीमात्रामा गिरावट गरेको छ । पेट्रोलिय पदार्थको खपत कम गर्ने र विद्युतीय सामग्रीको प्रयोगमा बढावा दिने साथै विदेशबाट पार्टपूर्जा ल्याएर नेपालमै उत्पादन अर्थात् एसेम्बल गर्ने नीति लिएको तीन वर्ष भइसक्यो ।

यसरी सरकारले नीति नै बनाएर गाडीको एसेम्बल गर्न सहयोग गर्ने जनाएपछि यससम्बन्धी उद्योग दर्ता गर्नेको संख्यामा बृद्धी भएको छ । यो बर्ष मात्र पाँचबटा उद्योग एसेम्बलका लागि दर्ता भएको उद्योग विभागका निर्देशक खगेन्द्र बस्नेतको भनाई छ । उद्योग दर्तामा वृद्धि भएपनि यससंग सम्वन्धित कार्यविदी नबन्दा उद्योग सञ्चालन हुन सकेका छैन्न् ।

१ करोडदेखि ३ अर्ब पूजी भएका विद्युतीय गाडी एसेम्बल गर्ने १७ वटा उद्योग उद्योग विभागमा दर्ता भएका छन् । तर उद्योगीले उद्योग दर्ता गरेर सञ्चालन गर्ने प्रतिबद्धता जनाइरहे पनि सरकारको स्पष्ट नीति अभाव हुदाँ उद्योग सञ्चालनको आधार नभएको उद्योगी बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *