ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रदेश सरकारको नजर पर्यटन प्रवर्धनमा

फोटो: नेपाल पर्यटन बोर्ड

काठमाडौं असार ११ । कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र क्रमश चलायमान हुदैं छ । मुलुकम भित्रने रेमिट्यान्स कम हुदैं गएको र विदेशी मुद्राँ सञ्चिती समेत घटेको समयमा पर्यटन क्षेत्रमा भने केही आशाका किरणहरु  देखिन थालेको छन् । यसैलाई मध्यनजर गर्दैं प्रदेश सरकारले आफ्नो बजेट र नीति तथा कार्यक्रममा प्राथमिकता दिएका छन् ।

सातै प्रदेश सरकारले पर्यटकीय गतिविधि बढाउने गरी बजेट विनियोजन गरेका छन् । पर्यटनलाई आम्दानीको मुख्य आधारका रुपमा विकास गर्न पर्यटकीय क्षेत्रको प्रवर्द्धन, बजारिकीकरण गर्न प्रदेश सरकारले बजेट छुट्याएका छन् । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा प्रदेश सरकारले पर्यटन विकास र गन्तव्य प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ ।

प्रदेशस्तरीय पर्यटकीय सम्भावना रहेका गन्तव्यको प्रचारप्रसार तथा धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदाको संरक्षण र पर्यटसँग जोड्नका लागि आवश्यक कार्यक्रम बजेटमा ल्याइएको छ भने पदयात्रा, पर्वतारोहण, साहसिक गन्तव्यको विकासमा पनि जोड दिएका छन् । हरेक प्रदेशले पर्यटनका लागि नारा नै तय गरेका छन्

प्रदेश १:पर्यटन प्रवर्द्धनका लागि गुरुयोजना

प्रदेश १ सरकारले प्रदेशस्तरीय पर्यटकीय गन्तव्यको प्रवर्द्धन तथा प्रचारप्रसार गर्न सूचना प्रविधिमैत्री डिजिटल पोर्टल र मोबाइल एप्स निर्माण गर्ने, प्रदेशका पर्यटकीय गन्तव्यको विकास, ब्राण्डिङ र पर्यटकको बसाइँ लम्ब्याउने गरी कार्यक्रम सञ्चालनका योजना सार्वजनिक गरेको छ ।

मधेश प्रदेश: धार्मिक एवम् सांस्कृतिक पर्यटन प्रवर्द्धन

मधेश प्रदेशले धार्मिक एवम् सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न दूधमती महेन्द्रनगर करिडोरका साथै प्रसिद्ध धार्मिकस्थलहरु संरक्षणका लागि ३० करोड बजेट विनियोजन गरिएको छ । उद्योग पर्यटन तथा वन मन्त्रालयका लागि कूल चार अर्ब ८४ करोड ६४ लाख बजेट विनियोजन गरिएको छ । बजेटमा मधेस प्रदेशले समृद्धिको मूल आधारमध्ये पर्यटन एक मानेको छ ।

बागमती प्रदेश: घुमफिर वर्ष

बागमती प्रदेशले घुमफिर वर्षको घोषणा गरी त्यसलाई कार्यान्वयनमा ल्याउने बजेट विनियोजन गरेको छ । प्रदेशका पर्यटकीय गन्तव्य स्थलको  गुरुयोजना तयार गरी पर्यटन पूर्वाधार विकास गर्ने, स्थानीय महत्वका स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय तहसँग सहकार्य गर्ने गरी प्रदेशले बजेट विनियोजन गरेको छ । तामाकोसी, भोटेकोसी, त्रिशूली, नारायणीलगायत नदीमा जल पर्यटन प्रवर्द्धन गर्ने योजना बागमती प्रदेशको छ ।

लुम्बिनी प्रदेश: धार्मिक पर्यटन

लुम्बिनी प्रदेशले लोपोन्मुख, सीमान्तकृत परम्परागत पेशा एवम् संस्कृतिको अध्ययन अनुसन्धान र समस्याको पहिचान गरी संरक्षण प्रवर्द्धन गर्न १० करोड ८० लाख बजेट विनियोजन गरेको छ । ग्रामीण क्षेत्रमा रहेको समुदायको पहिचान झल्कने परम्परागत पेयपदार्थ र मौलिक खानाको उत्पादन, गुणस्तर परीक्षण, बजारीकरण गरिनेछ । थारू समुदायको सीपको पहिचान, परीक्षण, क्षमता विकास र बजारीकरण गर्न प्रदेशले एक करोड ३० लाख बजेट विनियोजन गरिएको छ ।

गण्डकी प्रदेश: पर्यटकीय राजधानी

गण्डकी प्रदेशले पर्यटकीय गन्तव्य र पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने योजना अघि बढाएको छ । धार्मिकस्थल रिडीदेखि लिगलिगकोटसम्मको गण्डकी ट्रेल, व्यास गुफा छाब्दी कर्लुङ रामकोट बन्दीपुर हिलेखर्क छिम्केश्वरी पदमार्गलगायत गुरुयोजना निर्माण गर्न प्रदेशले बजेट छुट्याएको छ ।

कर्णाली प्रदेश: कर्णाली पर्यटन गुरुयोजना

कर्णाली प्रदेशले बजेटमा सुर्खेतको रामघाट क्षेत्रमा प्रादेशिक विमानस्थल निर्माण गर्न संघीय सरकारसँग समन्वयात्मक भूमिका खेल्दै सुर्खेत विमानस्थलको सेवा सुविधालाई गुणस्तरीय बनाउने, कर्णाली प्रदेशका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक एवम् पर्यटकीयस्थल संरक्षण र संवद्र्धन गर्ने गरी पर्यटन गुरुयोजना बनाउन बजेट विनियोजन भएको छ ।

सुदूरपश्चिम प्रदेश: दिगो विकासमा पर्यटकीय पूर्वाधार

‘सुदूरपश्चिमको दिगो आर्थिक आधार, सबल पर्यटकीय पूर्वाधार’ भन्ने नाराका साथ निजी क्षेत्र र स्थानीय तहसँगको सहकार्यमा प्राकृतिक, सांस्कृति, धार्मिक, पर्यावरणीय, साहसिक पर्यटकीय क्षेत्रको विकास र ऐतिहासिक सम्पदाको संरक्षण र संबर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न बजेट छुट्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *