ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आगामी निर्वाचनमा कांग्रेस पछिको ठूलो पार्टी माओवादी बन्ने प्रचण्डको दावी

काठमाडौं असार ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी प्रदेश र संघको चुनावमा लेफ्ट भित्रको पहिलो शक्ति हुने दावी गरेका छन् ।

ललतिपुरमा आयोजित जनप्रतिनिधि प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहाले स्थानीयतह निर्वाचनको नतिजाले आफुलाई उत्साहित बनाएको बताउदैं आम निर्वाचनमा लेफ्ट भित्रको पहिलो शक्ति हुने दावी गरेका हुन् ।

प्रचण्डले भने –‘स्थानीय तहको चुनावमा लेफ्ट भित्रको पहिलो शक्ति हुने सम्भावना थियो । हामीले यसअघि जितेका ५० प्रतिशत पालिका हार्यौ त्यस कारण राम्रो नतिजा ल्याउन सकेनौ प्रदेश र संघमा हामी लेफ्ट भित्रबाट पहिलो झन ठूलो सम्भावना छ । त्यहाँ पहिलो भयौं भने देशको राजनीतिको बागडोर हाम्रो हातमा आउँछ । माओवादी केन्द्रकै हातमा आउँछ । प्रदेशमा पनि महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्ने ठाउँमा हुने सम्भावना छ ।’

उgn] ले माओवादीको हातमा केन्द्र र प्रदेश सरकाको बाडोर आउने दावी गर्नु भयो । २०६४ सालमा धेरै स्थान जितेको तर २०७४मा केही कम्जोर भएपनि अहिले माओवादी गाँउ गाँउ पुगेकाले ठूलो पार्टी बन्न कसैले नरोक्ने दावी गरे।

उनले भने- ‘हामीले यो ४/५ महिना दुःख गरेर संगठन बनाएर जनताको घर–घरमा पुगेर टोल टोलमा पुगेर काम गरौ । प्रचार प्रसार संगठन सुदृढीकरणमा लागौं । मैले के देखेको छु भने आउने चुनावमा देशको दोस्रो पार्टी लेफ्ट भित्रबाट पहिलो हुने सम्भावना देखेको छु’ प्रचण्डले भने, ‘२०६४ सालमा धेरै ठाउँमा हामीले जितेको हो ।

त्यसपछिका चुनावमा पनि जितेकै हो । २०७४ सालमा जाँदा केही गडबड भयो । अहिले पनि हामीले जोडबल गरियौँ भने आफ्नो इतिहास फर्काउन सक्छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *