डा प्रमोद जोशीलाई गेटा मेडिकल कलेजमा सरुवा

काठमाडौ,असार ९ l राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीलाई गेटा मेडिकल कलेजमा सरुवा गरिएको छ।
डा.जोशीलाई मेडिकल कलेजको अस्पताल निर्देशकको जिम्मेवारी दिइएको छ।जोशीले यसअघि सेती प्रादेशिक अस्पतालमा पनि लामो समय सम्म काम गरेका थिए।सरकारले सुरुमा मेडिकल कलेजमा अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ।
स्वास्थ्य मन्त्रालयले जोशीलाई बिहीबार सरुवा पत्र दिन लागेको छ।ट्रमा सेन्टरमा पनि जोशीले धेरै सुधारको काम गरेका थिए।प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनामै उनको गेटा सरुवा हुन लागेको हो।