ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एन्फा नेतृत्वमा नेम्बाङको उदयले उब्जाएको प्रश्न: अल्मुताइरी र खेलाडी विवाद कसरी समाधान हुन्छ ?

काठमाडौ असार ९ । अखिल नेपाल फुटवल संघ (एन्फा)को नयाँ नेतृत्व आएसंगै त्तकाल विवादमा रहेको मुख्य प्रशिक्षक र खेलाडी विवाद कसरी समाधान होला र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेपाल बसाई के होला भन्ने चासो आम नेपाली फुटबल प्रेमिमा छ । जिते खेलाडीको जस र हारे आफ्नो कम्जोरी हुने भन्दैं मैदान प्रवेश गर्नु पुर्व नै खेलाडीको उत्साह बढाउने प्रशिक्षण भएको भन्दैं सेलिव्रेटी बनेका अलमुताइरी खेलाडीसंगको विवाद पछि भने केही आलोचीत बनेका थिए ।

तत्कालीन एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्वाङसंगको विवादका कारण अल्मुइताइरीले मुख्य प्रशिक्षकबाट राजीनामा घोषणा गरेका थिए । एकपक्षिय रुपमा एन्फाले अल्मुताइरी हटाउन नस्ने र अल्मुताइरी पनि एकलौटी निर्णय गरेर बाहिरिन नसक्ने सम्झौताकै आधारमा उनी पुन:मुख्य प्रशिक्षकको भूमिकामा फर्कन बाध्य भए ।

अल्मुताइरीले खालाडीसंगको विवादकै कारण नयाँ राष्ट्रिय टोलीको निर्माण गरे खेलमा फर्किए । अहिले उनी नेपालमा छैन्न् । तर संयोग जो नेम्बाङसंगको विवाद सुरु भएको थियो तिनै नेम्बाङ एन्फाको नयाँ नेतृत्वमामात्र आएका छैन्न पहिलो निर्णयबाट नै प्रशिक्षकले टोलीबाट निकालेका खेलाडीलाई स-सम्मान फिर्ता बोलाउने निर्णय गरेका छन् ।

एन्फाको यो निर्णयसंगे धेरैको जिज्ञासा छ– पंकज एन्फा अध्यक्ष भएसँगै अल्मुताइरी नेपाल फर्कन्छन् या फर्कँदैनन् ?  फर्किएमा एन्फाले फिर्ता बोलाएका खेलाडीसंगको प्रशिक्षकसंगको सम्वन्ध कस्तो हो ? तर सम्झौताअनुसार न त अल्मुताइरीलाई एन्फाले चाहेर मात्र हटाउन सक्छ न त अल्मुताइरीले नै एकपक्षीय रुपमा छोड्न सक्छन् । यस्तो अवस्थामा एन्फाले सोच विचार पूर्ण निर्णय गर्नु पर्ने अन्यथा कानुनी अड्चनमा एन्फा पुग्न सक्ने एन्फा पूर्वमहासचिव इन्द्रमान तुलाधरको भनाई छ । सन् २०२४ सम्मको सम्झौता रहेको मुख्य प्रशिक्षकसंगको टसल नयाँ एन्फा नेतृत्वका लागि गर वा मरको अवस्था रहने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *