ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देउवा र प्रचण्ड सत्तामा केन्द्रित बन्दा पार्टी भित्रको आन्तरिक लोकतन्त्रमा भने प्रश्नै प्रश्न ?

काठमाडौं असार ९ । नेपाली कांग्रेस र माओवादी केन्द्रले आफ्नो महाधिवेशन सकेको ६ महिना पुरा गर्न लागेका छन् । तर सरकार सञ्चालन र गठवन्धनको जोड घटाउमा दल केन्द्रित हुदाँ पार्टीको आन्तरिक जिवन भने सुस्त बनेको छ । नेपाली कांग्रेसले आफ्नो विधानमा उल्लेख गरेको छ महिना भित्र विभाग पुरा गराउने विषयको टुंगो लगाउन हम्मे परेको छ भने माओवादी केन्द्रले अध्यक्ष र केन्द्रिय सदस्य बाहेक अन्य पदाधिकारी समेत चुन्ह सकेको छैन ।

अध्यक्ष र केन्द्रीय सदस्य चयन गरेर सकिएको माओवादीको महाधिवेशनलगत्तै पदाधिकारी चयन गर्ने भनिएको थियो । तर आकांक्षीको व्यवस्थापन गर्न नसक्दा हालसम्म पनि पदाधिकारी चयन हुन नसकेको हो । गुटको अन्त्य गर्ने भन्दै अध्यक्ष पुष्पकमल दाहालले जिम्मेवारी बाँडफाडमा समेत चासो नदेखाएपछि पदाधिकारीमा मुख्य जिम्मेवारी हत्याउन पार्टीभित्र गुटगत गतिविधि थप मौलाएको देखिन्छ ।  माओवादी केन्द्रका नेता बर्षमान पुन भने पार्टी भित्र एकमतको प्रयास जारी रहेको र स्थानीय तह निर्वाचनका कारण केही ओझेलमा परेको बताउछन् ।

त्यसो त माओवादी केन्द्रका अध्यक्ष दाहाललाई कस्लाई महासचिव बनाउने भन्ने सवै भन्दाँ ठूलो समस्या भएको बताइदैं आएको छ । नेता पुन र जनार्दन शर्मा मध्ये को रोज्ने भन्ने समस्याका कारण पनि दाहालले यसप्रति धेरै चासो नदेखाएको विश्लेषण हुदैं आएको छ । आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउनु पर्नेमा मन मुटाव बढ्न सक्ने भएका कारण पनि दाहाल यसैगरि अघि बढ्ने धेरैको बुझाई छ ।

उता नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाको कार्य शैली परिवर्तन भएको र दुई युवा महामन्त्री बनेका कारण पार्टीको आन्तरिक कृयाकलाप मौलाउने भन्ने पनि त्यस्तो हुन सकेको छैन । महामन्त्रीहरु पनि यस्को जिम्मेबार सभापतिको भएको र आफुहरुले झकझक्याइ रहेको दावी गर्छन् । महामन्त्री गगन थापा त्यसमा सभापतिसंग छलफल भइरहेको र यस तर्फ केन्द्रित हुने दावी गर्छन् ।

यसरी दुई ठूला दल सत्ता केन्द्रित बन्दा पार्टीभित्रको आन्तरिक लोकतन्त्र भने झन झन कम्जोर भएको  र व्यक्ति प्रधान हुने प्रविर्तिले प्रोत्साहन पाउने गरेको विश्लेषण हुदैं आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *