६ महिनामै ढल्यो बुल्गेरियामा पेटकोभ नेतृत्वको सरकार

एजेन्सी, असार ९ । बुल्गेरियामा किरिल पेटकोभ नेतृत्वको सरकार ६ महिनामा ढलेको छ ।
प्रधानमन्त्री पेटकोभ नेतृत्वको सरकारको विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । पेटकोभले संसदमा आफ्नो सरकारको पक्षमा बहुमत सावित गर्न नसकेपछि सरकार ढलेको छ ।
संसदमा रहेका २ सय ४० जना सांसदमध्ये १ सय २३ जना सांसदले सरकारको विरुद्ध मत दिएका थिए भने पेटकोभको पक्षमा केवल १ सय १६ मत दिए ।