एन्फा कार्यसमितिको पहिलो बैठकको निर्णय: राष्ट्रिय टिमबाट बाहिर राखेका सवै खेलाडीलाई ससम्मान फिर्ता बोलाउने

काठमाडौं,असार ८।अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टिमबाट बाहिर राखेका सबै खेलाडीलाई ससम्मान राष्ट्रिय टिममा फिर्ता बोलाउने निर्णय गरेको छ।
बुधबार बसेको बैठकले मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो अनुमतिविना बन्द प्रशिक्षण छाडेको भन्दै निकालिएका खेलाडीहरु रोहित चन्द, अनन्त तामाङ,अञ्जन विष्ट,विशाल राईसहित १० खेलाडीलाई राष्ट्रिय टोलीमा फिर्ता बोलाउने निर्णय गरेको हो।अध्यक्षमा निर्वाचित भएलगत्तै नेम्वाङले खेलाडी प्रशिक्षक विवादबारे निर्णय गर्ने बताएका थिए।
