ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दुप्चेश्व महादेवको दर्शन, राउचुली भ्यूको बास

जनादर्न खतिवडा दुप्चेश्वर,नुवाकोट,असार ८ l अविवाहितलाई जोडी र निःसन्तानलाई सन्तान दिने जनविश्वास बोकेको दुप्चेश्वर मन्दिर पछिल्लो समय आन्तरिक पर्यटको रोजाईमा पर्न थालेको छ।सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित दुप्चेश्वर महादेवको दर्शनका लागि तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लनु पर्छ जस्का कारण पनि धार्मिक पर्यटकसंगै अन्यको पनि आकर्षण बढ्न थालेको हो।

समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ।त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पति भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ।जस्का कारण दुप्चेश्वरलाई मुक्तिनाथसंग समेत जोडेर हेर्ने गरिन्छ।

नुवाकोट सदरमुकाम विदुरदेखि ४५ किलोमिटर उत्तरमा रहेको दुप्चेश्वर गाउँपालिका वडा नं.६अर्थात् साविकको राउतबेशी गाविस वडा नं. ८ स्थित तादी खोलाको किनारामाथिको पहरोमा रहेको मन्दिरमा हरेक वर्षको पुस महिनामा धान्य पूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला,शिवरात्री, साउन महिना तथा हरेक सोमबार मेला लाग्ने गर्दछ।

ग्रामिण परिवेश र बढ्दो पर्यटकिय आकर्षणलाई लक्षीत गर्दैं उक्त स्थानको प्रचार प्रशारलाई थप व्यवस्थित बनाइदैं छ भने मन्दिर दर्शनका लागि जाने दर्शालुलाई मध्यनजर गर्दैं सुविधा सम्पन्न होटल समेत निर्माण गरिएको छ। जस्मध्ये एक हो ‘राउचुली भ्यु होटल एण्ड लज’दुप्चेश्वर मन्दिरबाट करीब १ किलोमिटर दुरिमा रहेका कारण पनि यहाँबाट मन्दिर दर्शन गर्न जान सहज हुने भएकाले होटल प्रतिको आकर्षण बढ्दो छ।

स्थानीय कला संस्कृति संरक्षण र रैथाने खानाको प्रवर्दनमा जुटेको होटलको मुख्य विशेषता भनेकै ‘कथुरे ढिँडो’ बन्दैं गएको छ।(कथुरे ढिँडो कोदो र मकैको पिठो मिसाएर बनाइने ढिडो) यस्का अलवा लोकल कुखुरा,कालिज, लोकल खसीको मासुका परिकार तादीको असला माछाको समेत पर्यटकले आनन्द लिन पाउने होटल सञ्चालक राजेन्द्र थापाको भनाई छ।

आफैँ पकाएर खान रुचाउनेहरुका लागि छुट्टै किचनको व्यवस्था गरेको होटलले स्थानीय सस्कृतिको अवलोकन गर्दै हरेक शुक्रबार लोक दोहोरीमा रम्न पाउने उनको भनाई छ।

थापाले सञ्चालन गरेको होटल व्यसायीक कम सेवा भावमा बढि रहेको सेवा ग्राहीको भनाई छ।स्थानीय मौलिक संस्कृति पहिचानमात्र नभए मन्दिर दर्शनका क्रममा हुने अफ्ठारालाई समेत होटलले सहजिकरण गर्ने गरेको सेवाग्राहीको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *