ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडौंमा फैलिएको हैजा पानिबाट संक्रमण भएको पुष्टि

काठमाडौ,असार ८ l काठमाडौंको बागबजारका दिदीबहिनीमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको छ।केही दिन अघि एकै परिवारका दुई दिदीबहिनीमा देखिएको हैजा धारा र ट्युवबेलको पानीबाट संक्रमण भएको पुष्टि भएको हो।

उनीहरुले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

उनका अनुसार इकोली र कोलीफर्म मानिसको दिसामा रहने संक्रामक जिवाणु हो।हैजा देखिएका अन्य क्षेत्रको पानीको पनि नमुना परीक्षण भइरहेको छ।यस्तै आज पनि थप एक जनामा हैजा देखिएको महाशाखाले जनाएको छ।योसँगै काठमाडौंमा ५ जनामा हैजा पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *