सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार नागरिक दैनिककि स्वास्थ पत्रकार पवित्रा सुनुवारलाई

काठमाडौ,असार ८ l सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’ नागरिक दैनिककी स्वास्थ्य पत्रकार पवित्रा सुनारलाई प्रदान गरिएको छ।प्रस्तावित सुदर्शन शारदा देवकोटा स्मृति फाउन्डेशनले स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको सहकार्यमा उक्त पुरस्कार स्थापना गरेको हो।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङ्ग र फाउन्डेशनकी अध्यक्ष डा. सुधा देवकाेटाले उक्त पुरस्कार पत्रकार सुनारलाई हस्तान्तरण गरेका हुन। पुरस्कारको राशी ३० हजार रुपैयाँ छ।कार्यक्रममा बोल्दै मन्त्री खापुङ्गले कोभिड महामारीमा ज्यानकाे प्रवाह नगरी स्वास्थ्य पत्रकारहरु खटिएको भन्दै प्रशंसा गरेका छन्।
सरकारले हाल स्वास्थ्यमा धेरै सुधारात्मक काम भएको बताउँदै उनले भने, ‘स्वास्थ्यका धेरै क्षेत्रमा सरकारले राम्राे गरेकाे छ।विदेशमा भन्दा नेपालमा उपचार खर्च सस्ताे छ।जसकारण विदेशमा उपचार शुल्क महँगो भएकाले नेपाल आउने गर्छन्।’