ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बीएण्डसी अस्पताल र नोबेलले मेडिकल कलेजले स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने

काठमाडौ,असार ८ l झापाको बीएण्डसी अस्पताल र विराटनगरको नोबेल मेडिकल कलेजले यही असार २० गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने बताएको छ।

सरकारले विपन्न नागरीकलाई लक्षीत गरी २०७४ सालमा कैलालीबाट सुरु गरेको थियो।अहिले सरकारले स्वास्थ्य बिमा अन्तरगत बिमितको उपचार सेवावापतको रकम लामो समयदेखि अस्पतालहरुले नपाएको भन्दै मेडिकल कलेज र निजि अस्पतालहरुले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको सेवा सञ्चालन नगर्ने जनाएका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले मंसिरयता आफ्नो अस्पतालले बीमा कार्यक्रमवापत पाउनुपर्ने ४५ करोडभन्दा बढी रकम रोकिएको बताए।रकमका लागि स्वास्थ्य बिमा बोर्डमा ताकेता गरे पनि ३ महिनादेखि भोलि,पर्सी,अर्को हप्ता भनेर जवाफ दिइने गरिएको उनले जनाएका छन।

नोबेल मेडिकल कलेजका भीमबहादुर चन्दले नोबेलमा पनि दैनिक १ हजार ५ सयभन्दा बढी बिरामीले बिमाअन्तर्गत सेवा लिन गरेको बताए।उनका अनुसार नोबेलले पनि मंसिरयता ५४ करोड ३८ लाख रुपैयाँ बिमा कार्यक्रमअन्तर्गत लिन बाँकी रहेको बताएका छन्।

नोबेल मेडिकल कलेजआफूहरुको पैसा रोकिँदा कलेजले ३ महिनादेखि कर्मचारी तथा प्राज्ञिक जनशक्तिलाई तलब खुवाउन नसकेको र यसको असर पठनपाठनमा पनि पर्ने उल्लेख गरे।यसअघि रकम भुक्तानी नपाएको भन्दै काठमाडौंको शिक्षण अस्पतालले पनि स्वास्थ्य बिमा कार्यक्रम बन्द भएको घोषणा गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *