ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

न्याय परिषद् सदस्य रामप्रसाद भण्डारीलाई विपक्षी बनाउने सर्वोच्चको आदेश

काठमाडौं,असार ८।सर्वोच्च अदालतले संवैधानिक नियुक्ति विरुद्धको रिटमा सुनुवाई गर्दैं न्याय परिषद् सदस्य रामप्रसाद भण्डारीलाई समेत विपक्षी बनाउने आदेश दिएको छ।

संवैधानिक नियुक्ति विरुद्धको रिटमा सुनुवाई गर्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सोही अध्यादेशको आधारमा गरिएको नियुक्ति विरुद्धमा दायर भएको रिटमा सर्वोच्चले न्याय परिषद् सदस्य भण्डारीलाई समेत विपक्षी बनाउने आदेश दिएको हो।

बुधबारकै संवैधानिक इजलासले संवैधानिक परिषद्को निर्णयको सक्कल मिसिल पनि झिकाउन पुनः आदेश दिएको छ। यसअघि पनि सोही आदेश दिएको भएपनि परिषद् कार्यालयबाट उक्त मिसिल उपलब्ध नभएकाले पुनः ताकेता गरिएको अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए।

बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की,वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की,विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलास गठन गरिएको थियो।अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्यावधि परिवर्तन गरी विभिन्न संवैधानिक नियुक्ति दिइएको भन्दै २०७७ मंसिर १ गते अधिवक्ता ओमप्रकाश अर्याल र मंसिर २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,समृत खरेल लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *