ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेप्सेमा फेरि ३१ अंकको गिरावट

काठमाडौं,असार ८। मंगलबार ३७ अंकले बढेको नेप्से बुधबार ३१ अंकले घटेको छ।नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से सूचक ३१.२१ अंकले घटेर १८९३.५३ अंकमा झरेको हो।बुधबार १३ वटै उपसूचक ऋणात्मक भएर आज पनि बजार नै राताम्मे भएको छ।

बुधबार डेभलपमेन्ट बैंक समूह २.७५ प्रतिशत,हाइड्रोपावर समूह २.४९ प्रतिशत,फाइनान्स समूह २.६६ प्रतिशत,निर्जीवन बीमा समूह १.९९ प्रतिशत, जीवन बीमा समूह १.४५ प्रतिशत र ,बैंकिङ समूह १.२१ प्रतिशत, माइक्रोफाइनान्स समूह १.११ प्रतिशत म्यानु एण्ड प्रो समूह १.२३ प्रतिशतले, ट्रेडिङ समूह १.१ प्रतिशतले,होटल तथा पर्यटन समूह १.०१ प्रतिशतले, म्युचुअल फन्ड ०.८५ प्रतिशतले घटेको छ।त्यस्तै अन्य समूह भने आज २.६६ प्रतिशतले घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *