ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सर्पदंशबाट झापाका एक किशाेरकाे मृत्यु

झापा,असार ८ l विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ।

हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *