ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

द्रौपदी मुर्मू र यशवंत सिन्हा मध्ये को बन्ला भारतको नयाँ राष्ट्रपति

एजेन्सी, असार ८ । भारतमा यहि जुलाई १८ मा नयाँ राष्ट्रपतिको लागि निर्वाचन हुदैं छ । जस्मा भाजपा गठवन्धनले पूर्व गभर्नर द्रौपदी मुर्मूलाई चूनावी मैदानमा उतार्ने निर्णय गरेको छ । उता कांग्रेस, टीएमसी र  एनसीपीको गठवन्धनले यशवंत सिन्हालाई अघि सारेको छ । त्यसो त सिन्हा समेत केही बर्ष अघिसम्म भाजपाका नेता नै थिए ।

भारतीय राष्ट्रपतिको निर्वाचनमा लोकसभा, राज्यसभा र प्रदेश सभाका सदस्यहरूले मतदान गरेका छन् । २४५ सदस्यीय राज्यसभा मध्ये, २३३ सांसदहरूले मात्र मतदान गर्न सक्छन् । यस निर्वाचनमा मनोनित १२ सांसदले मतदान गर्न पाउने छैनन् । यससँगै लोकसभाका सबै ५४३ सदस्य मतदानमा सहभागी हुनेछन् ।  यसबाहेक सबै राज्यका कुल ४ हजार ३३ विधायकले पनि राष्ट्रपतिको चुनावमा मतदान गर्नेछन् । यसरी राष्ट्रपति निर्वाचनमा कुल मतदाता संख्या ४ हजार ८०९ हुनेछ ।

त्यसो त  राज्यसभा र लोकसभा सदस्यहरूको एक भोटको मतभार ७०० छ । दुवै सदनमा सदस्य संख्या ७ सय ७६ रहेको छ । यस हिसाबले सबै सांसदको मतको मूल्य ५ लाख ४३ हजार २ सय हुन्छ । अब सभासद् र सांसदको कुल मतको मूल्य हेर्दा १० लाख ८६ हजार ४३१ बन्छ ।

भारतीय प्रधानमन्त्री बन्नका लागि  ३५ वर्षभन्दा माथिको लोकसभाको सदस्य हुन योग्य व्यक्ति चुनावमा भाग लिन पाउँछ । भारतमा हरेक पाँच वर्षमा जुलाई २५ मा देशले नयाँ राष्ट्रपति छानी सक्नु प्रने प्रावधान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *