ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निगमको कडा चेतावनीसंगै पछि हट्यो वायुसेवा सञ्चालक संघ

काठमाडौं असार ८ । नेपाल वायुसेवा निगमले वायुसेवा सेवा संघका अध्यक्षलाई प्रकाउ पुर्जी जारी गरेपछि संघ सेवा अवरोध नगर्ने भएको छ ।

सरकारको निर्णय विरुध विभिन्न माग राखी आन्दोलनमा उत्रिएको संघका अध्यक्ष रामेश्व थापालाई प्रकाउ पुर्जी जारी गरेको थियो । वायुसेवा सञ्चालक संघका अध्यक्ष, उपाध्यक्ष, प्रवक्ता, नियमित उडान र हेलिकप्टरका प्रतिनिधिसहित ९ जनाको टोली तथा प्राधिकरणका महानिर्देशकसहितको टोलीसँग वार्ता शुरु भएसँगै उडान नियमित गर्ने सहमति भएको हो ।

मंगलबार राति सवा ११ बजे सकिएको वार्तामा वायुसेवाले आन्तरिक उडान बन्द नगर्ने र प्राधिकरणले पनि वायुसेवाका जायज मागका विषयमा सकारात्मक रहेको प्रतिकृया दिएपछि उडान नियमित गर्ने सहमति भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले बताए ।

यसअघि आन्तरिक उडान बन्द गर्ने वायुसेवा संचालक संघको निर्णयप्रति नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आपत्ति जनाएको छ । क्यानले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको हवाई सेवा जस्तो अत्यन्त संवेदनशील र अत्यावश्यक सेवालाई हठात रुपमा स्थगित गरिएको घोषणा गर्नु वायुसेवा संचालक संस्थाको व्यवसायिक मर्यादाको विपरीत हुनुका साथै अत्यन्त गैरजिम्मेवारीपूर्ण कार्य हुने ठहर गरिएको थियो ।

‘आम नागरिकको दैनिक जीवनसंग प्रत्यक्ष जोडिएको हवाई सेवा जस्तो अत्यन्त संवेदनशील र अत्यावश्यक सेवालाई हठात रुपमा स्थगित गरिएको घोषणा गर्नु वायुसेवा संचालक संस्थाको व्यवसायिक मर्यादाको विपरीत हुनुका साथै अत्यन्त गैरजिम्मेवारीपूर्ण कार्य हो भन्ने प्राधिकरणको ठम्याई रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले आवश्यक सेवा संचालन ऐन, २०१४ अन्तर्गत हवाई सेवामा समेत हड्ताल गर्न निषेध गर्नेगरी २०७९।०२।२६ मा नेपाल राजपत्रमा प्रकाशन गरी आदेश जारी गरेको विद्यमान अवस्थामा हवाई सेवा स्थगनको घोषणा गरिनु स्वयंमा गैरकानूनी रहेको स्मरण गराइन्छ ।’

क्यानले हवाई सेवा निर्वाध रुपमा संचालन गर्न पनि सम्बन्धितलाई निर्देशन दिएको थियो ।

यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताएका छन् । मंगलवार प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै महानिर्देशक अधिकारीले हवाई सेवा अत्यन्तै महत्त्वपूर्ण सेवा भएकाले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताए । महानिर्देशक अधिकारीले हड्ताल कहाँ–कहाँ गर्न पाइन्छ कहाँ–कहाँ गर्न पाइँदैन भन्ने सबै नेपाली नागरिक थाहा भएको भन्दै सञ्चालकहरूलाई सचेत गराए ।

वायु सेवा सञ्चालक संघले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेशन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ताको माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *